images

२०८३ आश्विन १९ गते

images
images
images

पर्यटन बोर्डको १५ प्रतिशत पर्यटन आय बढाउने गरी आयो बजेट

पर्यटन बोर्डको १५ प्रतिशत पर्यटन आय बढाउने गरी आयो बजेट

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । नेपाल पर्यटन बोर्डको बजेट पर्यटन आयलाई १५ प्रतिशतले बढाउने प्रमुख लक्ष्य सार्वजनिक भएको छ । बोर्डले ल्याएको बजेट चलयमान हुँदा पर्यटन आगमन बढ्ने, पर्यटकीय गतिविधि बढ्ने र आय समेत साविकको तुलनामा १५ प्रतिशतसम्मले बढ्ने अनुमानका साथ बोर्डले बजेट ल्याएको हो ।नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको बजेटमा पहिलो प्राथमिकता पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धनलाई दिएको छ ।बोर्डले जारी गरेको १ अर्ब ६० करोडको बजेटमध्ये साढे ४३ करोड रुपैयाँको बजेट पर्यटन प्रवद्र्धमा खर्च गर्ने भएको छ ।बोर्डको प्रमुख उद्देश्य नै प्रवद्र्धन भएकोले मूल उद्देश्यमै केन्द्रित भएर बजेट ल्याएको बोर्डले जानकारी दिएको छ ।

    images
    images

    बजेटमध्ये पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धनमा ४३ करोड ६१ लाख, कर्मचारी तथा कार्यालय सञ्चालनमा २६ करोड २७ लाख, पर्यटन सम्पदा तथा संरचना विकासमा १८ करोड ६३ लाख, जनसम्पर्क तथा प्रचार प्रसार १२ करोड १५ लाख रुपैयाँको बजेट आएको छ ।बोर्डले ल्याएको पोखरा कार्यालय (गण्डकी प्रदेश)मा ११ करोड ६६, नयाँ प्रादेशिक तथा अन्य कार्यालयको स्थापना र सञ्चालनमा ११ करोड १२ लाख, विशेष प्रवर्द्धनात्मक कार्यक्रममा ४ करोड ६२ लाख, कार्यकारी समिति तथा कार्यकारी प्रमुखको सचिवालयमा ३ करोड र अनुसन्धान, योजना तथा अनुगमनमा २ करोड ७६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

    पर्यटन आयलाई १५ प्रतिशले बढाउने प्रमुख लक्ष्य
    बोर्डको पर्यटन आयलाई १५ प्रतिशतले बढाउने प्रमुख लक्ष्य राखेर बजेट ल्याएको छ । बोर्डले ल्याएको बजेट चलयमान हुँदा पर्यटन आगमन बढ्ने, पर्यटकीय गतिविधि बढ्ने र आय समेत साविकको तुलनामा १५ प्रतिशतसम्मले बढ्ने अनुमानका साथ बोर्डले बजेट ल्याएको छ ।बोर्डले ल्याएको बजेटमा पर्यटक आगमनलाई कम्तीमा १५ प्रतिशतले बढाएर समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने प्रमुख उद्देश्य राखेको छ ।

    images
    images

    गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य अगाडि सारेको छ । नेपाललाई एक आकर्षक र सुरक्षित गन्तव्यको रूपमा स्थापित गर्न कम्तीमा ५० वटा स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रमहरू गर्ने, पर्यटन व्यवसायका लागि कम्तीमा ५ हजार थप जनशक्ति उत्पादन गरी तिनीहरूको क्षमता विकास गर्ने लक्ष्य पनि बोर्डको बजेटले लिएको छ ।पर्यटनको विस्तारीकरणको लागि कम्तीमा २५ वटा नयाँ पर्यटनको पूर्वाधार संरक्षण गर्ने, बोर्डको सेवा विस्तारका लागि प्रादेशिक कार्यालयको स्थापना गर्ने भएको छ । बोर्डले लुम्बिनी र सुदुरपश्चिममा प्रादेशिक कार्यालय खोल्न ११ करोड रुपैयाँको बजेटको व्यवस्था गरेको छ । हाल गण्डकीमा मात्रै बोर्डको प्रादेशिक कार्यालय रहेको छ । यो वर्ष थप २ वटा प्रादेशिक कार्यालय थप गर्ने र आगामी वर्ष थप प्रदेशमा जाने योजनाका अगाडि सारेको पनि पर्यटन बोर्डले जानकारी दिएको छ ।

    बोर्डको बजेटले अन्तराष्ट्रिय स्रोत बजारमा पर्यटन उपजको बजारीकरण, प्रवर्द्धन तथा प्रचार(प्रसार, अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपाल ब्राण्डको प्रवर्द्धन र प्रचार(प्रसारलाई प्राथमिकता दिएको छ । पर्यटन क्षेत्र सम्बन्धी अध्ययन, अनुसन्धान, पर्यटन क्षेत्रको दिगो विकास, पर्यटन सम्बद्ध जनशक्तिको विकासमा जोड दिने भएको छ ।बोर्डले डिजिटल माध्ययमको प्रयोग गरि प्रवर्द्धन गर्ने, नवीनतम् पर्यटकीय गतिविधिको विकास तथा विस्तार, आन्तरिक पर्यटनको प्रवर्द्धन र कर्मचारीको क्षमता विकासलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

    विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न माइस प्रवर्द्धन
    पर्यटन बोर्डले नेपालमा विदेशी पर्यटन प्रवद्र्धन गर्न सभा–सम्मेलन–गोष्ठि र सेमिना (माइस) पर्यटन प्रवद्र्धनलाई जोड दिएको छ । बोर्डको जनसम्पर्क तथा प्रचारप्रसचार महाशाखको प्रमुख कार्यक्रम बनाएर माइस पर्यटन प्रवद्र्धन हुने भएको छ । यसका लागि बोर्डले चालु आर्थिक वर्षका लागि २ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यो बजेलाई बोर्डले अन्तर्राष्ट्रिय प्रकृतिका कार्यक्रमहरु गर्न प्रोत्साहन गर्ने र यसका लागि बोर्डले ७५ प्रतिशत विदेशी उपस्थित हुने कार्यक्रमलाई प्रवद्र्धन गर्ने भएको छ ।नेपालमा विदेशी पर्यटक आकर्षित गर्नकै लागि बोर्डले विशेष प्रवद्र्धनात्मक कार्यक्रमका लागि यो वर्ष ४ करोड ६२ लाख रुपैयाँ खर्च गरिदिने भएको छ । नेपालमा हुने यस्तो कार्यक्रममा बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टलाई १ करोड १० लाख, हिमालय ट्राभल मार्टलाई १ करोड १० लाख, एडभेन्चर ट्राभल मार्टलाई १ करोड ५० लाख, सगरमाथा सम्मानको लागि १७ लाख, सफारी पर्यटन माटलाई ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend