images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले २८ दिनको लागि बैंकहरुबाट...

राष्ट्र बैंकले २८ दिनको लागि बैंकहरुबाट ५० अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले २८ दिनको लागि बैंकहरुबाट ५० अर्ब तरलता खिच्दै

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष लागेपछि पनि लगातर तरलता प्रशोचन गर्न सुरु गरेको छ । केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन बोलकबोलमार्फत् २८ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
    बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो २ आर्थिक वर्षदेखि नै लगातार तरलता प्रशोचन गरीरहेको केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा पनि सुरुबाटै तरलता प्रशोचन गर्न लागेको हो ।

    images
    images

    चालु आर्थिक वर्ष सुरु भएपछि गत साता आइतबार केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ र बुधबार ८० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । आइतबार पुनः ५० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । उक्त बोलकबोलमार्फत् २८ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानी न्युन हुँदा अधिक तरलताको चाप बढरिहेको छ ।

    लगानी गर्न नसकेपछि साढे ७ खर्ब रुपैयाँ भन्दा धेरै रकम बैंकहरुले स्थायि निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमा लगानी मार्फत राष्ट्र बैंकमा राखेका छन् । ८ साउनको तथ्यांक अनुसार बैंकहरुले लगानी गर्न नसकेर राष्ट्र बैंकमा राखेको रकम ६ खर्ब ७५ अर्ब ३५ करोड छ । आइतबार थप ८० अर्ब तरलता प्रशोचन गर्न केन्द्रिय बैंकले बोलकबोल आह्वान गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend