images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमइ बैंकका कर्मचारीलाई डेढ महिनाको...

ग्लोबल आइएमइ बैंकका कर्मचारीलाई डेढ महिनाको तलब बराबर ‘क्लोजिङ बोनस’

ग्लोबल आइएमइ बैंकका कर्मचारीलाई डेढ महिनाको तलब बराबर ‘क्लोजिङ बोनस’

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । देशकै ठूलो ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीलाई डेढ महिनाको तलब बराबर क्लोजिङ बोनस दिएको छ । बैंकले साउन १ गते नै डेढ महिनाको आधारभूत तलब बराबरको रकम आफ्नो खातामा जम्मा गरिदिएको एक कर्मचारीले जानकारी दिए ।

    images
    images

    अहिले डेढ महिनाको बोनस पठाएको बैंकले बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने बेलामा थप बोनस दिन्छ । पुँजी र व्यवसायको आकारले ग्लोबल आइएमइ बैंक देशकै ठूलो हो । बैंकमा ४२ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।बोनस ऐन २०३० को व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको नाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ ।  

    केही बैंकहरुले क्लोजिङ बोनस भन्दै आंशिकरुपमा धमाधम कर्मचारीको खातामा बोनस पठाइरहेका छन् । केही बैंकले भने साधारणसभामा मात्रै एकमुष्ट बोनस दिने भएका छन् ।  ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ को उपदफा (१) मा भनिएको छ । सोही व्यवस्थाका आधारमा बैंकहरुले हरेक वर्ष आर्जन गरेको नाफाको आधारमा कर्मचरीलाई बोनस वितरण गर्दै आएका छन् ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend