images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • मुग्लिङ-पोखरा सडकखण्डमा नेपालकै पहिलो चार लेनको...

मुग्लिङ-पोखरा सडकखण्डमा नेपालकै पहिलो चार लेनको पुल निर्माण कार्य तीव्र

मुग्लिङ-पोखरा सडकखण्डमा नेपालकै पहिलो चार लेनको पुल निर्माण कार्य तीव्र

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • चितवन । कुनै बेला कष्टकर मानिने मुग्लिङ–पोखरा सडकखण्डको यात्रा अब निकै सहज र आनन्ददायी बन्दै गएको छ। सडक विस्तारको अधिकांश काम सकिए पनि केही महत्त्वपूर्ण पुलहरूको निर्माण कार्य अहिले पनि जारी छ।मुग्लिङ–पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार, यस खण्डमा नेपालमै पहिलो पटक चार लेनको ठूलो पुल मादी नदीमा निर्माणाधीन छ। यो पुल ३१८ मिटर लामो हुनेछ र यसको निर्माण सम्पन्न भएपछि चार लेनका सवारी साधनहरू सहजै गुड्न सक्नेछन्।

    images
    images

    भण्डारीले भने, “यो चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो। नेपाल सरकारले डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो। डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो। यसको मर्मत सम्भार अवधि ५ वर्षको छ। यसको सम्झौता रकम १ अर्ब २१ करोड हो र पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ।”प्रमुख भण्डारीका अनुसार, यो अत्याधुनिक पुल नेपाली ठेकेदार कम्पनी एनके निर्माण सेवाले डिजाइन गरी बनाइरहेको छ। सन् २०२२ सेप्टेम्बर ७ मा यो पुल बनाउन सम्झौता भएको थियो भने सन् २०२५ सेप्टेम्बर ६ मा निर्माणको समय सकिँदैछ। सम्झौता भएको १३ महिनापछि मात्र डिजाइन स्वीकृत भएको अवस्थामा पनि ७१ प्रतिशत वित्तीय प्रगति हुनु सकारात्मक रहेको भण्डारीले बताए।

    मनसुन सुरु भइसकेकाले हाल पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ। खोलाको बहाव बढ्ने र ठेक्काहरू बगाउने जोखिमका कारण पुलको बीचको काम मनसुन सकिएपछि मात्र अघि बढ्नेछ। आगामी पुस–माघसम्ममा पुल पूर्ण रूपमा सम्पन्न हुने आशा गरिएको छ।निर्माण व्यवसायीहरूका अनुसार, डिजाइन स्वीकृत हुन ढिलाइ हुनु र निर्माण सामग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको हो। डिजाइन स्वीकृत गर्दा आठ वटा जग्गा र त्यति नै घरहरू प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ। नेपालमै पहिलो पटक चार लेनको अत्याधुनिक प्रविधिको पुल बन्नु निर्माणकर्ताका लागि समेत गर्वको विषय बनेको उनीहरू बताउँछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend