images

२०८३ आश्विन २५ गते

images
images
images

नक्कली नोट सहित २ जनालाई नुवाकोटबाट पक्राउ

नक्कली नोट सहित २ जनालाई नुवाकोटबाट पक्राउ

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौँः नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट रु १ हजार दरका ९३ थान नक्कली नोट सहित २ जनालाई बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ६ जना किशोरहरूले नक्कली नोट लिएर हिँडेको सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली नोट बनाउन संलग्न २ जनालाई पक्राउ गरेको हो । 

    images
    images

    दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारमा यही मङ्गलबार किनमेल गर्न नक्कली नोट बोकेर हिडेका ती किशोरहरू सँग गरिएको अनुसन्धानको क्रममा संलग्न २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    पक्राउ पर्नेमा दुप्चेश्वर–७ का ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । प्रहरीको अनुसार उनीहरूले एक हजार दरका नक्कली नोट बनाएर बच्चा र गाँउमा चलनचल्ती मार्फत प्रयोगमा ल्याउने गरेको पाइएको छ ।

    images
    images

    बजारमा सामाग्री खरिद गर्न आएका बालकहरूको साथबाट एक हजार दरका ६९ थान र पक्राउ परेका व्यक्तिको घरमा खोजतलास गर्दा थप २४ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । “उनीहरूले लामो समय देखि नक्कली नोट बनाएर प्रयोगमा ल्याउने गरेको पाइएको छ,” प्रहरी नायब उपरीक्षक लामाले भने, “संलग्न अन्य व्यक्ति र प्रयोग भएका उपकरणको खोजी भइरहेको छ ।”

    पक्राउ परेकालाई प्रहरीले आज जिल्ला अदालत नुवाकोटबाट ‘खोटा मुद्रासम्बन्धी कसूर’मा कारबाहीको लागी अनुसन्धान गर्न ७ दिनको म्याद लिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend