२०८२ साउन ०९ गते (शुक्रबार)
आज दिउँसोः देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका तराइका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
आज रातीः कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराइका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि परामर्श (Warning/Advisory for next 24 hours)
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराइका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।




.gif)





