काठमाडौं, साउन ८–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक, २०८१ लाई आपत्तिजनक भन्दै त्यसलाई जस्ताको त्यस्तै संसदबाट पारित हुन नदिने स्पष्ट गरेका छन्।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकको फन्डामेन्टल कन्सेप्ट नै गलत रहेको बताए । उनका अनुसार यो विधेयक ‘नियन्त्रण’ गर्ने सोचबाट आएको हो, जुन लोकतान्त्रिक मूल्य र वर्तमान पुस्ताको डिजिटल अधिकार विपरीत रहेको छ।
थापाको मुख्य भनाइः
“विधेयक संसदमा आएको छ, तर त्यो जस्ताको त्यस्तै पारित हुँदैन। हामी हुन दिँदैनौं,” उनले भने।
“प्रधानमन्त्री देखि भावी प्रधानमन्त्री सम्म यो विषय चाहिएको छ भन्ने प्रमाण यो विधेयक हो। तर यसको सोच नै गलत छ।”
यो विधेयक डरका आधारमा आएको हो – के हो भनेर नबुझी, सोच नगरी ल्याइएको हो।
सोसल मिडिया अवसर हो। प्रयोगमा कमी कमजोरी छन्, तर नियन्त्रण होइन, मार्गदर्शन जरुरी हो।
महामन्त्री थापाले अहिलेको पुस्ता इन्टरनेट र सामाजिक सञ्जालमा हुर्किएको भन्दै त्यसको प्रयोगलाई नियन्त्रण गर्नुको सट्टा जिम्मेवार र रचनात्मक प्रयोगतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिए।
उनले सामाजिक सञ्जाल आजको जीवनको अभिन्न हिस्सा बनिसकेको भन्दै यसको दुरुपयोग रोक्न स्पष्ट नीति र जनचेतना आवश्यक रहेको उल्लेख गरे।




.gif)





