images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • थाइल्यान्डद्वारा सीमावर्ती क्षेत्रका विद्यालयहरू बन्द गर्न...

थाइल्यान्डद्वारा सीमावर्ती क्षेत्रका विद्यालयहरू बन्द गर्न आदेश

थाइल्यान्डद्वारा सीमावर्ती क्षेत्रका विद्यालयहरू बन्द गर्न आदेश

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौं । थाइल्यान्डको शिक्षा मन्त्रालयले कम्बोडियाको सीमावर्ती क्षेत्रहरूमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको छ । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि उक्त आदेश दिइएको हो ।बैंककस्थित स्थानीय मिडियाहरूका अनुसार, आवासीय क्षेत्रहरूमा रकेट प्रहार भएपछि सुरिन, सिसाकेट र बुरिरामका ५८२ विद्यालय बन्द गरिएको छ ।खतरा क्षेत्रबाहिर रहेका केही विद्यालयहरूलाई अस्थायी आश्रयको रूपमा पनि प्रयोग गरिएको बताइएको छ ।

    images
    images

    यसैबीच, दुई देशबीच जारी झडपपछि कम्बोडियाली सीमानजिकै थाइल्यान्डको सिसाकेट प्रान्तमा रहेको पेट्रोल पम्पबाट धुवाँ निस्किरहेको देखिएको छ ।झडपको बीचमा, थाइल्यान्डको राष्ट्रिय निकुञ्जका महानिर्देशकले चार वन्यजन्तु आरक्ष र दुई राष्ट्रिय निकुञ्जहरू सेनाका लागि खोल्न आदेश दिएका छन् ताकि उनीहरूले कम्बोडियाको आक्रमणको बदला लिन प्रयोग गर्न सकुन् ।थाइल्यान्ड–कम्बोडिया सीमामा जारी झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend