images

२०८३ आश्विन १५ गते

images
images
images

बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ८ २०८२
अर्थ समाचार
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौँः अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

    images
    images

    पक्राउ पर्ने व्यक्तिहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादव छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    उनीहरुले आफूले तयार गरेका व्यक्तिहरुलाई अमेरिका जान बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै खातामा रकम जम्मा गर्न लगाएर फिर्ता नगरी ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजि कुमार आचार्यले बताए ।

    images
    images

    पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    पक्राउ परेका मध्ये घिमिरेले यस अघि पनि यस्तै गरी ठगी गरेको पाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार १८ वैशाख २०८२ मा पनि यसैगरी ६१ लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend