images

२०८३ आश्विन २५ गते

images
images
images

नेपाल इन्फास्ट्रक्चर बैंकको नाफामा गिरावट

नेपाल इन्फास्ट्रक्चर बैंकको नाफामा गिरावट

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौँ । नेपाल इन्फास्ट्रक्चर बैंकको नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा निफ्राले १ अर्ब १४ करोड नाफा कमाएको छ जुन अघिल्लो वर्षको भन्दा करिब १८ करोड ४० (१३.८४ प्रतिशत) लाख रुपैयाँ कम हो ।अघिल्लो वर्ष निफ्राको नाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । निफ्राको व्याज आम्दानी घट्नु र ब्याज खर्च बढ्नुलाई नाफा घट्नुको प्रमुख कारण मानिएको छ । अघिल्लो वर्ष २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको यो वर्ष यस्तो नाफा १ अर्ब ८९ करोडमा झरेको छ । 

    images
    images

    यद्यपि यो वर्ष बैंकको इम्पेरिमेन्ट चार्ज नकारात्मक रहेको छ । यसले बैंकको नाफा गिरावट कम गर्न सहयोग गरेको जस्तो देखिन्छ ।  अहिले बैंकसँग अहिले २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकले हाल ७ अर्ब ६८ करोड रुपैयाँ रकम सङ्कलन गरी २४ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष ६६ करोड रुपैयाँ मात्रै रहेको थियो । अघिल्लो वर्ष ६६ करोड रुपैयाँ नकारात्मक रहेको नियामकीय रिजर्भ यो वर्ष ३ करोड सकारात्मक रहेको छ । बैंकको पुँजीकोष अनुपात ७८.२३ प्रतिशत, कस्ट अफ फण्ड ६.५१ प्रतिशत तथा सीडी रेसियो ६५.२५ प्रतिशत रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend