images

२०८३ आश्विन १८ गते

images
images
images

स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र

स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले धरानको छाता चोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन्।उनले उक्त जग्गा ‘कुनै कुलङ्घारले दलालीमा भुलेर’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको आरोप लगाउँदै तत्काल फिर्ता गर्न माग गरेका हुन्।धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गर्ने योजना अघि सारे पनि जग्गा अभाव भएपछि मेयर साम्पाङले प्रतिष्ठानको स्वामित्वमा रहेको उक्त जग्गा फिर्ताका लागि पहल थालेका थिए।

    images
    images

    मंगलबार स्वास्थ्य मन्त्रालयलाई पठाइएको पत्रमा मेयर साम्पाङले कडा शब्दमा आफ्नो माग प्रस्तुत गरे। ‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनै कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाइएछ,’ पत्रमा भनिएको छ, ‘यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। पिलिज फिर्ता गरिदिनु होला।’

    आफ्नो ठाडो र प्रत्यक्ष कार्यशैलीका लागि चिनिने मेयर साम्पाङले उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत दिएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend