images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • नेपाल चिकित्सक संघ फेरि आन्दोलनमा उत्रिने...

नेपाल चिकित्सक संघ फेरि आन्दोलनमा उत्रिने तयारीमा

नेपाल चिकित्सक संघ फेरि आन्दोलनमा उत्रिने तयारीमा

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले तीन मन्त्रीको सहभागितामा गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ।संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा संघ र नेपाल सरकारबीच प्रधानमन्त्रीको निर्देशनमा असार २४ गते भएको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयनमा नआएको उल्लेख गरिएको छ। सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिने भनिए पनि अझैसम्म ठोस प्रगति नभएको विज्ञप्तिमा जनाइएको छ।

    images
    images

    संघले कार्यदल पूर्ण रूपमा निष्क्रिय रहेको ठहर गर्दै, उच्च पदस्थ सरकारी अधिकारीहरूसँग भएका सहमति समेत पालना नभएको अवस्थामा भविष्यमा ती अधिकारीहरूको मौखिक वा लिखित प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने स्पष्ट पारेको छ। विज्ञप्तिमा यस्तो प्रवृत्तिले सरकारको विश्वसनीयता गुम्ने खतरा औंल्याइएको छ।

    संघले सहमति तत्काल कार्यान्वयन गर्न सबै सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्दै, आफूहरूलाई पुनः आन्दोलनमा धकेलिएको खण्डमा यसपटकको आन्दोलन अझ सशक्त हुने चेतावनी दिएको छ।संघले उपभोक्ता अदालतले चिकित्सक र स्वास्थ्य संस्थामाथि जरिवानाको फैसला गरेको विषयमा विरोध जनाउँदै सो निर्णय खारेज गर्न माग गर्दै आएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend