images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ५६ दिनका...

राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ५६ दिनका लागि ८० अर्ब उठाउँदै

राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ५६ दिनका लागि ८० अर्ब उठाउँदै

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर आज ८० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 

    images
    images

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

    ५६ दिने निक्षेप असोज १ गते साँवा र ब्याज भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend