images

२०८३ आश्विन १९ गते

images
images
images

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुने छ ।यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइने छ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुने छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ ।

    images
    images

    इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्ने छन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ र  एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने छ ।सरकारले चालु आवमा तीन खर्ब ६२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

    यसरी उठाइँदैछ, आन्तरिक ऋण

    images
    images

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा एक खर्ब १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने छ ।कार्यतालिका अनुसार कार्यालयले १० अर्ब रुपैयाँ बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्ने छ । यस्तै, पाँच वर्षे दुई अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने छ ।

    यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा ८५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका छ । त्यसमा ट्रेजरी बिल मार्फत् २५ अर्ब रुपैयाँ तथा विकास ऋणपत्रमार्फत् ६० अर्ब  रुपैयाँ उठाइने छ । उक्त अवधिमा पाँच अर्ब बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको पाँच वटा ट्रेजरी बिल बिक्री गरिने छ । यस्तै १० अर्ब रुपैयाँ बराबरका तीन वर्षेदेखि १० वर्षे अवधिका ६ वटा विकास ऋणपत्र बिक्री गरिने छ ।कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा एक  खर्ब नौ अर्ब आन्तरिक ऋण उठाइने छ । सो समयमा ट्रेजरी बिलमार्फत् ५० अर्ब तथा विकास ऋणपत्रमार्फत् ५६ अर्ब उठाइने छ । यस्तै, पाँच वर्षे अवधिको दुई अर्ब ५० करोडको नागरिक बचतपत्र तथा ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने छ । कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा ५५ अर्ब आन्तरिक ऋण उठाइने छ ।

    उक्त अवधिमा पाँच अर्ब बराबरका ११ वटा ट्रेजरी बिलमार्फत ५५ उठाइने छ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगततर्फ चार खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।बजेटमा स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट तीन खर्ब ६२ अर्ब, बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब जुटाउने उल्लेख छ । बजेटमा व्यवस्था भए अनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, ट्रेजरी बिल्स र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend