images

२०८३ आश्विन १७ गते

images
images
images

प्रतिनिधिसभाको बैठक आज बस्दै,प्रधानमन्त्रीसँग प्रत्यक्ष सवालजवाफ

प्रतिनिधिसभाको बैठक आज बस्दै,प्रधानमन्त्रीसँग प्रत्यक्ष सवालजवाफ

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौँः संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ः०० बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

    images
    images

    यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ। 

    त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्भौता माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    images
    images

    यसैबीच आज तीन वटा संसदीय समितिको बैठक पनि बस्दैछ। सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

    लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्बन्धी उजुरीउपर छलफल’ हुनेछ। यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ। विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ।

    सङ्घीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समिति सँगको अपेक्षाका बारेमा छलफल हुनेछ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend