images

२०८३ आश्विन १९ गते

images
images
images

पुस्तक बिक्रीबाट सङ्कलित रु १२ करोड आविष्कार केन्द्रलाई

पुस्तक बिक्रीबाट सङ्कलित रु १२ करोड आविष्कार केन्द्रलाई

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आउनुभएका डा पुनले उक्त जानकारी दिनुभएको हो । उहाँले पुस्तक बिक्रीबाट रु १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताउनुभयो । उहाँको पुस्तकको मूल्य रु सात सय ५० छ ।

    images
    images

    उक्त रकमलाई उहाँले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिनुभयो । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहनुभएका उहाँलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ ।विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ रु ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ । नगरउपप्रमुख पवित्रा महतरा प्रसाईँले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उहाँको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

    सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उहाँको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउनुपर्ने बताउनुभयो ।विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उहाँको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ । विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गर्नुभयो । “देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ”, उहाँको भनाइ थियो, “सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।”

    images
    images

    उहाँले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिनुभयो । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend