images

२०८३ आश्विन १६ गते

images
images
images

नेपालले एक वर्षमा गर्‍यो २३ करोडको यार्सागुम्बा निर्यात

नेपालले एक वर्षमा गर्‍यो २३ करोडको यार्सागुम्बा निर्यात

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ । नेपालले एक वर्षमा २३ करोड रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । नेपालले १० वटा विभिन्न देशमा ५४८ केजी यार्सागुम्बा २३ करोड ७५ लाख ३० हजार रुपैयाँको निर्यात गरेको हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक तथ्याङ्क अनुसार चीनमा ३ करोड ८४ लाख ३९  हजारको निर्यात हुँदा सबैभन्दा धेरै हङकङमा १२ करोड ९३ लाख ८१ हजार रुपैयाँको  निर्यात भएको हो । 

    images
    images

    यस्तै जापानमा ४ लाख ५ हजार रुपैयाँको निर्यात गरेको छ । मलेसियामा ६३ लाख ३४ हजार, रुसमा २ लाख ९५ हजार, सिंगापुरमा १करोड ८८ लाख ४१ हजार, बेलायतमा ५९ लाख ३१ हजार, अमेरिकामा १ करोड ५१ लाख ५ हजारको निर्यात हुँदा थाइल्याण्डमा भने जम्मा ६ हजार रुपैयाँको मात्रै निर्यात भएको हो ।

    एक वर्षमा १ अर्ब ५१ लाखको अम्रिसो निर्यात 

    images
    images

    यस्तै नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा एक वर्षमा १अर्ब बढीको अम्रिसो निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्क अनुसार १ करोड ५१ लाख केजी अम्रिसो निर्यात भएको हो । जसको कुल रकम १ अर्ब १५ करोड ७ लाख रुपैयाँ हुन्छ ।  नेपालले भारतलाई मात्रै निर्यात गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend