images

२०८३ आश्विन १९ गते

images
images
images

आँपको सिजनमै ४० करोड रुपैयाँको आँप आयात

आँपको सिजनमै ४० करोड रुपैयाँको आँप आयात

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । आँपको सिजनमै ४० करोड रुपैयाँ बढीको आँप भारतबाट नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको वैशाखदेखि असारसम्म ३ महिनामा ४० करोड रुपैयाँ बढीको आँप नेपाल  भित्रिएको भन्सार विभागले जनाएको छ । यो ३ महिनामा भारतबाट उक्त रकम बराबरको ६३ लाख केजी आँप आयात भएको हो । जसबाट ७ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

    images
    images

    जसमध्ये वैशाख महिनामा ७ करोड २९ लाख रुपैयाँ बराबरको ११ लाख ९२ हजार केजी आँप आयात भएको छ । यसैगरी, जेठ महिनामा १० करोड ७ लाख रुपैयाँ बराबरको १६ लाख ७ हजार केजी र असार महिनामा २१ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख केजी आँप भारतबाट आयात भएको हो । गत आर्थिक वर्षमा कुल ६४ करोड २७ लाख रुपैयाँको ९६ लाख ५४ हजार केजी आँप आयात भएको छ । जसमध्ये भारतबाट ५४ करोड ३८ लाख रुपैयाँ बराबरको ८६ लाख ३९ हजार केजी र चिनबाट ९ करोड ८९ लाख रुपैयाँ बराबरको १० लाख १५ हजार केजी आँप आयात भएको छ ।

    जसमध्ये वैशाख जेठ र असार महिनामा मात्रै ४० लाख केजी आँप भारतबाट भित्रिएको हो । बाँकी आँप गत आर्थिक वर्षको साउन र अन्य महिनाहरुमा भित्रिएको विभागले जनाएको छ । सरकारले आँप उत्पादन बढाउन र आँपमा आत्मनिर्भर हुनका लागि भन्दै आँप जोन नै घोषणा गरेको छ  सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लालाई आँप जोनको रुपमा सरकारले घोषणा गरेको हो । तर, अझै पनि आन्तरिक उत्पादनले आत्मनिभर हुने अवस्था आएको छैन । त्यसका लागि सरकारले केही नयाँ योजनाहरु अघि सारेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

    images
    images

    उनका अनुसार आँप लगायत फलफूलमा आत्मनिर्भर हुनका लागि व्यवसायीक फलफूल खेतिको योजना लागु गरिएको छ । विशेषगरी नेपालमा जेठ र असार महिनामा मात्रै आँप उत्पादन हुने गर्दछ । अन्य महिनामा नगन्य रुपमा उत्पादन हुन्छ । वैशाखमा बजारमा देखिएको आँप पनि विदेशी नै हो भने साउन र भदौमा बजारमा देखिएको आँप पनि विदेशबाट आयात भएको उनले जानकारी दिए ।तसर्थ, यो दुई महिना बाहेक वैशाख, साउन र भदौमा उत्पादन हुने आँपको खेतीका लागि मन्त्रालयले योजना अघि सारेको सूचना अधिकारी जोशिले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend