images

२०८३ आश्विन २५ गते

images
images
images

नबिल बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो

नबिल बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । नबिल बैंकको ८ वर्षे अवधिको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । यो ऋणपत्रका लगानी गर्नेले मुद्दती निक्षेपमा भन्दा बढी ब्याज पाउने छन् । नबिल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा पाउने अधिकतम ब्याजदर हाल ५.५० प्रतिशतमा झरेको छ ।यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने र ८ वर्षपछि साँवा फिर्ता हुने बैंकले जनाएको छ ।

    images
    images

    ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

    अंकित मूल्य १ हजारका दरले बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता (६० हजार सामूहिक लगानी कोषसहित) सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend