images

२०८३ आश्विन १८ गते

images
images
images

बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग

बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ  । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्, जसले गर्दा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ। नेपाल प्रहरीले आज  बिहान ९ बजेसम्मको अद्यावधिक गरेको जानकारी अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू प्रभावित भएका छन्।

    images
    images

    संखुवासभामा अविरल वर्षाका कारण कोशी राजमार्ग पाँचथरमा आएको बाढीले मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् । रसुवामा पहिरोका कारण पासाङ ल्हामु सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प छ भने रुकुम पश्चिममा बाढीले जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अवरुद्ध भएको छ।

    काठमाडौँको टोखामा अविरल वर्षाले काठमाडौँ–नुवाकोट सडकखण्डमा एकतर्फी मात्र गाडी चलिरहेका छन्। बागलुङ र नवलपुरमा पहिरो र बाढीका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ। रोल्पामा पहिरोले शहीद राजमार्ग पनि एकतर्फी सञ्चालनमा छ।राजमार्ग अवरुद्ध हुँदा विभिन्न गन्तव्यका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् भने ढुवानी सेवा पनि प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। 520441734_1436555690830256_3461210862686438104_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend