images

२०८३ आश्विन २२ गते

images
images
images

बागलुङको ताराखोलामा आलु उत्पादन घट्यो

बागलुङको ताराखोलामा आलु उत्पादन घट्यो

images
images
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौं।(बलेवा)बागलुङको वर्षे आलु उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ ।गत वर्षको कात्तिकदेखि बैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताए। विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा कमी आएको हो।

    images
    images

    बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ। कात्तिकमा लगाएर फागुन-चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन।

    ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउँछन्। गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ। कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्यांक छ।

    images
    images

    रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन्। खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताए। ताराखोला-२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताए।

    विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको नुभव छ। यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो।केन्द्रको तथ्यांकमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ। 

    बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो। त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्यांक छैन। यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ।

    जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ। त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुखले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend