images

२०८३ आश्विन १६ गते

images
images
images

सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज

सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • सोलुखुम्बु । गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१ ०८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो ।उहाँका अनुसार सङ्घ र प्रदेश गरी ४ अर्ब ६१ करोड १३ लाख ३९ हजार ५ सय ५२ रुपैयाँ विनियोजित बजेटमध्ये सो रकम फ्रिज भएको हो ।

    images
    images

    जिल्लामा सङ्घबाट चालु र पुँजीगत गरी ४ अर्ब १० करोड ९८ लाख २२ हजार पाँच सय ५२ रुपियाँ र प्रदेशतर्फको चालु र पुँजीगत गरी कुल ५० करोड १५ लाख १७ हजार गरी कुल ४ अर्ब २३ करोड ३९ लाख २८ हजार आठ सय ८४ रुपियाँ ९९ पैसा रकम खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  कार्यालयका तथ्याङ्क अनुसार जिल्लामा सङ्घबाट चालुतर्फ ९२.४९ प्रतिशत र पुँजीगततर्फ ८९.३० प्रतिशत गरी कुल ९२.३७ प्रतिशत खर्च भएको छ । 

    यस्तै प्रदेशतर्फको चालुतर्फ ८४.५१ प्रतिशत र पुँजीगततर्फ ९८.२७ प्रतिशत गरी कुल ८७.२९ प्रतिशत रकम खर्च भएको छ ।  यसैबिच सोलुखुम्बुका ८ स्थानीय तहले सङ्घ र प्रदेशबाट मात्र आएको कुल २ अर्ब ६६ करोड ७० लाख ५६ हजार बजेटमध्ये २ अर्ब ४२ करोड ४० लाख ५४ हजार अर्थात् कुल बजेटको ९०.८९ प्रतिशत रकम खर्च गरेका छन् । यसैगरी सोलुखुम्बुमा प्रदेशतर्फ एक करोड १० लाख ७८ हजार नौ सय ९० रुपियाँ १४ पैसा राजश्व सङ्कलन भएको छ भने सङ्घतर्फ २४ करोड १९ लाख ५० हजार नौ सय ९१ रुपैयाँ पाँच पैसा राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले जनाएको छ । 

    images
    images

    जिल्लाका सरकारी कार्यालयहरूमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सो तलब बराबरको रकम नै उक्त फ्रिज भएको रकम रहेको कार्यालयले जनाएको छ । सोलुखुम्बुमा विकासे रकम भने फ्रिज नभएको जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend