काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले २५ करोड रुपैयाँ सहुलियत रकम दिँदापनि दुग्ध विकास संस्थान (डीडीसी)ले किसानको दूधको रकम भुक्तानी गर्न नसकेको बताएका छन् ।
मंगलबार पत्रकारसँग भेटघाटका क्रममा मन्त्री अधिकारीले डीडीसीलाई मन्त्रालयले २५ करोड रुपैयाँ दिँदा पनि अझै पनि साढे एक करोड रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका हुन् ।डीडीसीले किसानबाट ६५ रुपैयाँ प्रतिलिटर दूध खरिद गरेर १३० रुपैयाँ बढी रकम बेच्ने, सोही दूधबाट मक्खन पनि निकाल्ने तर दूध उधारोमा खरिद गरेको हो । साथै डीडीसीसँग २५ करोड रुपैयाँ बराबर दुग्धजन्य पदार्थ (मक्खन, पाउडर)मौज्दात रहेको छ।
यस्तै, कृषि बिमा भुक्तानी रकमका लागि अर्थ मन्त्रालयसँग सहमति हुन सकेको छैन । दसैँभित्र रकम भुक्तानी नदिए आन्दोलन गर्ने उखु किसानले चेतावनी दिइसकेका छन् । मन्त्रालयबाट केही वर्षमा अनुदानका नाममा अर्बौँ रकम बाहिरिएकोले सो रकम सही ठाउँमा लगानी भए–नभएको खोजी गर्न निर्देशन दिइएको छ ।




.gif)





