images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • चालु आर्थिक वर्षको साउनमा ८ अर्ब...

चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ५५ करोड वैदेशिक लगानी स्वीकृत

चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ५५ करोड वैदेशिक लगानी स्वीकृत

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ ।

    images
    images

    उद्योग विभागका अनुसार साउनमा ५९ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ५७ साना हुन् भने २ ठूला उद्योग हुन् । यी उद्योगले ३२३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । 

    यस्तै गत आर्थिक वर्ष २०८०र८१ देखि चालु आवको पहिलो महिना साउनसम्म कुल ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानीको लागि प्रतिबद्धता आएको छ । 

    images
    images

    यो १३ महिनाको अवधिमा ६ हजार ३२६ साना, ठुला उद्योगले दर्ताको अनुमति पाएका छन् । यिनीहरूले ३ लाख ३४ हजार ६२४ जनालाई रोजगारी दिन सक्ने बताएका छन् ।

    साउन महिनाको आएको प्रतिबद्धताको ७३ प्रतिशत हिस्सा पर्यटन उद्योगमा छ । सेवा क्षेत्रको १६ प्रतिशत र कृषि उद्योगमा ७ प्रतिशत छ । प्रशोधनका लागि ३ प्रतिशत र आईटी उद्योगका लागि १ प्रतिशत हिस्सा रहेको विभागले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend