images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं ।  नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार ३० गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । बैंकले ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको हो । बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको छ ।

    images
    images

    बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरेको छ । बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । लगानीकर्ताले यो ऋणपत्रमा  न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

    आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।१० वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend