images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • आर्थिक वर्ष ०८०/८१ मा कुल वस्तु...

आर्थिक वर्ष ०८०/८१ मा कुल वस्तु आगातमा १८.८७ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको, भित्रियो साढे ३ खर्ब रूपैयाँ पेट्रोल–डिजेल

आर्थिक वर्ष ०८०/८१ मा कुल वस्तु आगातमा १८.८७ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको, भित्रियो साढे ३ खर्ब रूपैयाँ पेट्रोल–डिजेल

images
images
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौं। आर्थिक वर्ष ०८०/८१ मा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयातमा पेट्रोलियम पदार्थले १८.८७ प्रतिशत हिस्सा ओगटेको छ । गत आर्थिक वर्ष ३ खर्ब ५४ करोड ४० लाख रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ ।

    images
    images

    केन्द्रका अनुसार आर्थिक वर्ष ०७९/८० को तुलनामा आर्थिक वर्ष ०८०र८१ मा पेट्रोलियम पदार्थको आयातको रकम २.९ प्रतिशतले झरेको छ । आर्थिक वर्ष ०७९र८० मा ३ खर्ब ९ अर्ब ७० करोड रूपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो ।

    फलाम तथा स्टिल र त्यसका उत्पादनहरुको आयात पनि ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ खर्ब ६७ अर्ब२९ करोड रूपैयाँको फलाम तथा स्टिल आयात हुँदा गत वर्ष १ खर्ब ४७ अर्ब ४८ करोड रूपैयाँ बराबरको आयात भएको थियो । कुल आयातमा फलाम तथा स्टिलको हिस्सा ९‌.२६ प्रतिशत छ ।

    images
    images

    आयात मूल्यमा अघिल्लो वर्षको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थ २‍.९६ प्रतिशत, फलाम तथा स्टिल ११.८४ प्रतिशत, अन्न १९‍।१२ प्रतिशत, औषधि ५‍.६२ प्रतिशत, सुन ४०.८७ प्रतिशत ,पोलिथिन ४‍.७९ प्रतिशत, केमिकल १‍.२० प्रतिशत, कच्चा सनफ्लावर तेल १‍.१७ प्रतिशत, आल्मुनियम तथा तिनका उत्पादन ४‍.७१ प्रतिशत, कच्चा भटमासको तेल ६२‍.२९ प्रतिशत, कच्चा पाम तेल ५९‍.१० प्रतिशत जिन्क २४‍.६६ प्रतिशतले घटेको हो ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा मेसिनरी तथा पार्ट्सको आयात ८.८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब रूपैयाँको आयात हुँदा गत वर्ष १ खर्ब ९ अर्ब रूपैयाँको आयात भएको थियो । कच्चा भटमास तेलको आयातमा ६२.३ प्रतिशतले घटेर १३ अर्ब ४१ करोड रूपैयाँमा झरेको छ । औषधिको आयात ५.६ प्रतिशतले घटेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको आयात ७.३ प्रतिशतले बढको छ । सूनको आयात भने ४०.९ प्रतिशतले घटेको छ ।

    कुल आयातमा कुन वस्तुकाे कति हिस्सा ?

    वस्तु मूल्य प्रतिशतमा
    पेट्रालियम पदार्थ ३ खर्ब ५४ करोड ४० लाख १८.८७
    फलाम तथा स्टिल १ खर्ब ४७ अर्ब ४८ करोड ३७ लाख ९.२६
    मेसिनरी र पार्ट्स १ खर्ब ९ अर्ब ८९ करोड ३ लाख ६.९०
    सवारी साधन तथा त्यसका पार्ट्स ८५ अर्ब ७४ करोड ८३ लाख ५.३८
    इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री ६९ अर्ब ९० करोड ३५ लाख ४.३८
    अन्न ४५ अर्ब ७९ करोड ७४ लाख २.८७
    औषधि उत्पादन ४२ अर्ब १३ करोड ६९ लाख २.६५
    रासायनिक मल ३६ अर्ब ४४ करोड ५ लाख २.६५
    दूरसञ्‍चारका सामग्री ३६ अर्ब ५८ करोड ९९ लाख २.३०
    तयारी पोशाक ३५ अर्ब १६ करोड ७५ लाख २.२१
    सुन २५ अर्ब ९५ करोड ९२ लाख १.६३
    प्लास्टिक दाना २४ अर्ब २० करोड ४६ लाख १.५२
    धागो २२ अर्ब २१ करोड ३२ लाख १.३९
    केमिकल १९ अर्ब ६७ लाख १.१९
    कच्चा सनफ्लावर तेल १७ अर्ब ८३ करोड १६ लाख १.१२
    रबर तथा तिनका उत्पादन १६ अर्ब ७ करोड २२ लाख १.०१
    आल्मुनियम तथा तिनका उत्पादन १४ अर्ब ३० करोड ४६ लाख ०.९०
    एयरक्राफ्ट तथा पार्ट्स १३ अर्ब ९७ करोड ४ लाख ०.८८
    कच्चा भटमासको तेल १३ अर्ब ४१ करोड ८५ लाख ०.८४
    कपास ११ अर्ब ३२ करोड १७ लाख ०.७१
    बिउबिजन १० अर्ब ७५ करोड २९ लाख ०.६८
    कच्चा पाम तेल १० अर्ब ५९ करोड ८३ लाख ०.६७
    तामा तथा तामाका उत्पादन ८ अर्ब ८६ करोड ६३ लाख ०.५६
    ऊन ५ अर्ब ५५ करोड ३३ लाख ०‍.३५
    जिंक तथा तिनका उत्पादन ४ अर्ब १८ करोड ७२ लाख ०.२६
    चाँदी ३ अर्ब २८ करोड ५६ लाख ०.२१
    अन्य ४ खर्ब ६१ अर्ब ७३ करोड ५९ लाख २८.९९

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend