images

२०८३ आश्विन २५ गते

images
images
images

शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्री खुला

शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्री खुला

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी रहेको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरी अन्त्यमा ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको हो।

    images
    images

    यसमा आवेदन दिंदा कम्तीमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म लम्बिनेछ।ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    यो ऋणपत्रको १० वर्षे अवधि समाप्त भएपछि ऋणपत्रको साँवा र अन्तिम किस्ताको तिर्न बाँकी ब्याज रकम एकमुष्ठ भुक्तानी हुनेछ। ऋणपत्रमा आर्जित ब्याजदर प्रत्येक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तपछि लगानीकर्तालाई दिइनेछ।ऋणपत्रबाट आर्जित पूँजीको ६० प्रतिशत कर्जामा, २५ प्रतिशत सरकारी ऋणपत्र, ट्रेजरी बिल्स आदिमा र बाँकी १५ प्रतिशत शेयर तथा अन्यमा लगानी गर्ने बैंकले जानकारी दिएको छ।

    images
    images

    इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकसमेत रहेको लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल लिमिटेड, कालिकानगर बुटवलस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल धितोपत्र बोर्डका साथै सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालय र मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend