images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • लमजुङमा ३८ हजार मेट्रिक टन आलु...

लमजुङमा ३८ हजार मेट्रिक टन आलु उत्पादन

लमजुङमा ३८ हजार मेट्रिक टन आलु उत्पादन

images
images
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • काठमाडौं। लमजुङ जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०र८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । 

    images
    images

    अघिल्लो वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल घटे पनि आलु उत्पादन वृद्धि भएको हो  । अघिल्लो आव २०७९र८० मा दुई हजार छ हेक्टर क्षेत्रफमा २१ हजार नौ सय ३९ मेट्रिकटन आलु उत्पादन भएको थियो ।  आव २०७९र८० मा प्रतिहेक्टर ११ टन आलु उत्पादन भएको हो। आव २०८०र८१ मा प्रतिहेक्टर १६ दशमलव ५७ टन आलु उत्पादन भएको छ । 

    आव २०७८र०७९ मा एक सय हजार नौ सय ३६ हेक्टर क्षेत्रफल जमिनमा गरिएको आलु खेतीबाट २१ हजार एक सय मेक्ट्रिकटन उत्पादन भएको थियो । आव २०७७र७८ मा १९ हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेति गरिएकामा २० हजार नौ सय २९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा आलु खेती विस्तार गर्न ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको छ । गत आवदेखि जिल्लाका तीन स्थानीय तहमा खायन जातको आलु खेती विस्तार गरिएको छ । गत आवमा कृषि ज्ञान केन्द्रमार्फत सुन्दरबजार नगरपालिका–१०, राइनास नगरपालिका– ३, ४ र ६ र मध्यनेपाल नगरपालिका–४ र १० का कृषक समूहसँग सम्झौता गर्दै आलु खेती विस्तार गरेको थियो । 

    images
    images

    निर्वाहमुखी आलु खेती गर्दै आएका कृषकहरु गत आवदेखि व्यावसायिक हुन थालेका छन् । रैथाने र उन्नत जातको आलु उत्पादन बढी हुने भएकाले प्रदेश सरकारले गत आर्थिक वर्षदेखि खायन आलुको उत्पादन वृद्धि गर्ने गरी कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत कृषकलाई उन्नत जातको आलुको बीउ, सिँचाइ सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्दै आएको छ । जिल्लामा आलु उत्पादन हुँदै आए पनि उपभोगका लागि बाहिरी जिल्लाबाट समेत ल्याइने गरिएको छ । 

    जिल्लाको सुन्दरबजार, राइनास, बेँसीसहर र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । मर्स्याङ्दी, दुधपोखरी र क्व्हेलासोथार गाउँपालिकालाई वर्खे आलुको मुख्य पकेट क्षेत्र मानिएको छ । जिल्लामा कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलु खेती किसालने गर्दै आएको किसानको भनाई छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend