images

२०८३ आश्विन १९ गते

images
images
images

‘गुन्यु चोलो’को गीत सार्वजनिक, चलचित्र’ भदौ १३ मा प्रदर्शन

‘गुन्यु चोलो’को गीत सार्वजनिक, चलचित्र’ भदौ १३ मा प्रदर्शन

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीतमा लेखु सहयात्रीको शब्दरचना छ । गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्री स्वयंको छ । गीत आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको ‘थिम’मा छ । गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । उनी तेस्रोलिंगी महिलाको भूमिकामा देखिएका छन् । 

    images
    images

    गीत सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेट पनि घोषणा गरेको छ । ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुनेछ ।समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले किनेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend