images

२०८३ आश्विन १७ गते

images
images
images

पाटन अस्पताल १२ सय शय्या क्षमतामा विस्तार हुँदै

पाटन अस्पताल १२ सय शय्या क्षमतामा विस्तार हुँदै

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  •  काठमाडौं । ललितपुरको पाटन अस्पतालले विस्तार गर्न लागेको १२ सय शय्या क्षमताको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा सुझाव पठाउन वन तथा वातावरण मन्त्रालयले आह्वान  गरेको छ ।प्रतिवेदनमा सात दिनभित्र सुझाव दिनका लागि वातावरण मन्त्रालयले सूचना निकालेर आह्वान गरेको हो । सुविधा सम्पन्न पानी भण्डारण तलासहितको अस्पतालको भवन निर्माणपछि दैनिक चार लाख लिटर पानी उपभोग गर्ने गरी संरचना निर्माण हुने प्रतिवेदनमा उल्लेख छ । साथै अस्पतालमा फोहोरमैला व्यवस्थापन, ठोस फोहोरमैला व्यवस्थापन, सवारी पार्किङ र हरीयाली बगैँचा निर्माण लगायतका संरचना समेत निर्माण हुने र यसको वातावरणीय प्रभाव मूल्याङ्कन ईआइए समेत भएको बारेमा प्रतिवेदनमा उल्लेख छ ।

    images
    images

    वातावरण संरक्षण नियमावली, २०७७  नियम ९ को ६ अनुसार प्रतिवेदनमा सुझाव दिन पनि सर्वसाधारण तथा संस्थालाई मन्त्रालयले सूचना निकालेको हो । ईआईए प्रतिवेदन वातावरण मन्त्रालयसँगै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, ललितपुर महानगरपालिका, जिल्ला समन्वय समिति कार्यालय, आदिवासी तथा जनजाती महासङ्घ नेपाल लगायतको वेभसाइटमा राखिएको छ ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै स्वामित्वमा रहेको जग्गामा ११ तल्लाको भवन निर्माण गर्न लागेको हो । छ सय शय्या यसअघि नै निर्माण भइसकेकोमा छ सय शय्या थप गर्न लागेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend