images

२०८३ आश्विन १९ गते

images
images
images

एलिना र समीक्षापछि गायक ढकालले पनि गरे अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक

एलिना र समीक्षापछि गायक ढकालले पनि गरे अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौँ । गायक रामकृष्ण ढकालले सामाजिक सञ्जाल मार्फत अभद्र र अपमानजनक विभिन्न टिप्पणी गर्नेहरूलाई सार्वजनिक गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गरेका हुन् । ‘आज म कलाकार भएर ताली र गाली दुवै पचाउँदै आउने क्रममा भएको अत्याचारको पराकाष्ठाको केही नमुना सार्वजनिक गर्दैछु,उनले लेखेका छन्, अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान । सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईँहरू जस्ता अपराधीलाई कठघरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो । 

    images
    images

    उनले आफूले सार्वजनिक गरेका केही आइडीहरू प्रहरीको कारबाहीको दायरमा र केही खोजीमा रहेको समेत बताएका छन् । यसअघि गायिका एलिना चाैहान र समीक्षा अधिकारीले पनि अभद्र  टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्दै आएका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend