images

२०८३ आश्विन १९ गते

images
images
images

चाँदनी र सौरभलाई ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल २०२५’को उपाधि

चाँदनी र सौरभलाई ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल २०२५’को उपाधि

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं । ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल २०२५’को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रापालले जितेका छन् ।काठमाडौंमा सम्पन्न फिनालेमा उनीहरुले उपाधि चुमेका हुन् । सो अवसरमा विश्वकर्मा समुदायको सांस्कृतिक पोशाक औपचारिक रुपमा सार्वजनिक गरियो ।कार्यक्रममा पुरूषले लगाउने सेतो रङकोको फेटा, कानमा मुन्द्रा, सेतो रङको भोटो, कम्मर मुनि मुजैमुजा परेको हल्का सेतो रङको जामा, कम्मरमा सेतै पटुका, कम्मरमा भिर्ने ढाल, तरवारजस्ता पोशाक प्रदर्शन गरिएको थियो ।

    images
    images

    महिलाले लगाउने शिरबन्दी, रातो गम्छा, फूली तथा झम्के मुन्द्री, मालवाडी, चाँदीको हँसुली, पहेँलो, रातो र हरियो पोतेमा जन्तर, पैसाको माला, रातो फुलबुटट्टे मखमलको लगायत पोशाक प्रदर्शन गरिएको थियो । अध्येता तथा लेखक डीबी नेपाली दमुले पोशाक तयार पारेका हुन् ।कार्यक्रममा पूर्वमन्त्री मीन विश्वकर्मा, पूर्वसांसद आशा विश्वकर्मा, दलित अभियान्ता खगेन्द्र सुनारलगायत दलित समुदायका कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए ।

    महिलातर्फ रविना बराईली फस्ट-रनरअप, सन्ध्या घतानी सेकेन्ड रनरअप बने भने सारु सुना तेस्रो उपविजेता र सविना विक चौंथो उपविजेता घोषित भए । पुरुषतर्फ विमोचन विक फस्ट-रनरअप, ग्रिस विश्वकर्मा सेकेन्ड रनरअप र प्रज्वल खाती थर्ड रनरअप बनेका छन् ।मोडल अलिशा गहजराजको नृत्य निर्देशनमा सम्पन्न प्रतियोगिताको लागि ड्रेस डिजाइन ज्वालाराज पोखरेलले गरेका थिए ।आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाका लागि प्लाटफर्म निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको बताए ।

    images
    images

    प्रतियोगितामा काठमाडौंसँगै इटहरी, बर्दिया, नवलपरासी, पोखरा, वुटवल, भोजपुर, नेपालगन्ज लगायत विभिन्न जिल्लाका २० जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा विजेतालाई ‘५० हजार नगदसहित गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend