images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • मन्जुश्री फाइनान्सका विभिन्न शाखाद्वारा सामाजिक उत्तरदायित्वका...

मन्जुश्री फाइनान्सका विभिन्न शाखाद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

मन्जुश्री फाइनान्सका विभिन्न शाखाद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं ।  मन्जुश्री फाइनान्सले लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु गरेको छ ।फाइनान्सले बुटवल शाखा मार्फत प्रारम्भ गरेको कार्यक्रम, विरगंज, पोखरा, मुर्गिया, इटहरी, धरानसम्मका शिक्षा, स्वास्थ तथा बालगृह लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेको संघ संस्थालाई सहयोग गरेको हो । 

    images
    images

    संस्थाका पोखरा शाखाले अमोर बालगृहलाई रु १ लाख बराबरको दैनिक आवश्यकताका सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ । मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गिया स्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तक वितरण गरेको छ । धरान शाखाले पनि धरानमा अवस्थित श्री पन्चकन्या माध्यमिक विद्यालय तथा श्री सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामाग्रीहरु वितरण गरेको छ । 

    साथै फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ। आफ्ना विभिन्न शाखाहरु मार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोशका साथ पुरा गर्दै आएको छ भने आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने फाइनान्सको भनाई छ । 

    images
    images

    मन्जुश्री ले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८।२ अर्व कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । हालसम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend