images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • लाइफ केयर डिस्ट्रिब्युटरको व्यापार १३ प्रतिशतले...

लाइफ केयर डिस्ट्रिब्युटरको व्यापार १३ प्रतिशतले घट्यो

लाइफ केयर डिस्ट्रिब्युटरको व्यापार १३ प्रतिशतले घट्यो

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । लाइफ केयर डिस्ट्रिब्युटरको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा १३ प्रतिशतले व्यापार घटेको हो ।कम्पनीले सन् २०२३ मा १ अर्ब ६० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२४ मा ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।कम्पनीको व्यापारको तथ्यांक हेर्दा हरेक वर्ष घट्दै गएको देखिन्छ । कम्पनीले सन् २०२२ मा २ अर्ब १२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ६७ करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

    images
    images

    सन् २०११ मा स्थापना भएको कम्पनीले फास्ट ग्रोइङ कन्ज्युमर गुड्स (एफएमसीजी) वस्तु आयात गरी व्यापार गर्दै आएको छ । कम्पनीले एक सयभन्दा बढी वस्तु तथा सामग्री आयात गरी ६ वटा एफएमसीजी कम्पनीमार्फत् बिक्री वितरण गर्दै आएको छ । कम्पनी नेपालको लागि आधिकारिक विक्रेता रहेको छ ।

    कम्पनीले अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको व्यवस्थापन जमुना अग्रवाल र सौरभ गर्गले गर्दै आएका छन् । कम्पनीले नेपालमा एक सय वितरकहरु छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend