images

२०८३ आश्विन १९ गते

images
images
images

' उच्छृङ्खल गीत' विरूद्ध साइबर ब्युरो पुग्यो दोहोरीगीत प्रतिष्ठान

' उच्छृङ्खल गीत' विरूद्ध साइबर ब्युरो पुग्यो दोहोरीगीत प्रतिष्ठान

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । 'अपाच्य गीत' का विरूद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टिम नेपाल प्रहरीको साइबर ब्युरो पुगेको छ।आइतबार दिउँसो साइबर ब्युरो पुगेर प्रतिष्ठानले पछिल्लो समय सार्वजनिक पाँच वटा गीतविरूद्ध कारबाहीको मागसहित निवेदन दिएको छ।
     
    पर्व विशेष गीत वा अन्य लोकगीतका नाममा सामाजिक मर्यादा, सहिष्णुता एवं मूल्य मान्यतालाई समेत खलल पुर्‍याउने प्रकृतिका गीतविरूद्ध निवेदन दिइएको दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले  जानकारी दिइन्।प्रतिष्ठान अध्यक्ष रितासहित रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, दोहोरीगीत प्रतिष्ठानका महासचिव शिव हमाल, सचिव पुष्कल शर्मासहितका कलाकार साइबर ब्युरो पुगेका थिए।
     
    खासगरी लोकदोहोरी र त्यसमा पनि पर्व विशेषका गीतका नाममा अपाच्य शब्द र उच्छृङ्खल भिडिओ आइरहेको गुनासो छ। त्यसमा पनि तीज विशेष गीतमा धेरै उच्छृङ्खल बढेको गुनासो सुनिन्छ। कारबाहीको मागसहित निवेदन दिएका गीतहरू पनि सबै पछिल्लो समय तीज गीतका नाममा सार्वजनिक भएका गीत रहेको प्रतिष्ठानले जनाएको छ।गीत संगीतमा देखिएको विकृतिबारे दोहोरीगीत प्रतिष्ठानको टिमले गत बिहीबार गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै त्यस्ता गीत रोकिदिन राज्यका निकायले पहल गर्न आग्रह गरेको थियो। त्यस क्रममा गृहमन्त्री लेखकले अपाच्य गीतमा सरकारले कडाइ गर्ने जनाएका थिए। गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति हेर्न प्रहरीको साइबर ब्युरोमा छुट्टै फोकल पर्सन तोक्न समेत निर्देशन दिएका थिए।
     
    उनले गीतमा अश्लिलता, अपमानजनक व्यवहार, घृषा फैलाउने अभिव्यक्तिहरू भए त्यसमा साइबर ब्युरोले एक्सन लिने प्रतिबद्धता जनाएका थिए। त्यस्ता गीतबारे साइबर ब्युरोमा जानकारी गराउन उनले आग्रह गरेपछि दोहोरीगीत प्रतिष्ठान त्यस्ता गीतको नाम र ल्याउने कलाकारहरूको विवरणसहित कारबाहीका लागि निवेदन बोकेर साइबर ब्युरो पुगेको हो। 'पहिले हामीले उच्छृङ्खल गीत ल्याउने व्यक्तिहरूलाई सम्झाउँथ्यौं। केहीले त गल्ती महसुस गरेर सच्चिनुभयो। यद्यपि, कतिपयले अटेर गर्ने, के गर्न सक्छौं गर भन्ने जबाफ दिनुभयो। सम्झाउँदा हामीमाथि नै प्रहार भएकाले प्रहरी प्रशासनसम्म पुग्नुपरेको हो,' रिताले भनिन्। 'अपाच्य गीत'बारे राष्ट्रिय लोक संचारकर्मीको टिमले पनि गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend