images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवा बाढी अपडेट : अहिलेसम्म ११...

रसुवा बाढी अपडेट : अहिलेसम्म ११ जनाकाे शव फेला, १७ जना अझै बेपत्ता

रसुवा बाढी अपडेट : अहिलेसम्म ११ जनाकाे शव फेला, १७ जना अझै बेपत्ता

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । सरकारले आज आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो ।राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले अहिलेसम्म ११ जनाको शव भेटिएको र तीमध्ये कुनै मानव अङ्गमात्रै पनि फेला परेको बताउनुभयो ।

    images
    images

    गएको मङ्गलवार बिहान आएको बाढीमा परेका अझै १७ जना बेपत्ता छन् । एक जना घाइते भएका छन् । खोज तथा उद्धारका लागि एक हजार नाै सय ५० जना सुरक्षाकर्मी परिचालन भएका छन् ।बाढीपछि सात सय ४९ जनाको स्थल तथा दुई सय जनाकाे हवाई उद्धार भएको छ । बाढीले ४७ वटा विद्युतीय गाडी, २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक र ६ वटा ठूला गाडी बगाएको छ । त्यस्तै दुई वटा पुल पूर्णरूपमा क्षति भएको छ ।

    स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडकको धेरै ठाउँमा क्षति पुगेकाे छ । यो सडक खण्डमा ठाउँठाउँमा गरेर एक हजार दुई सय मिटर सडक पूर्णरूपमा क्षति भएको कार्यकारी प्रमुख भट्टले बताउनुभयो । बाढीले पुल बगाएसँगै रसुवा–चीन आवतजावत पूर्णरूपमा बन्द भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend