२०८२ असार २८ गते (शनिबार)
आज दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ।
आज रातीः देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश थोरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ।




.gif)





