images

२०८३ आश्विन २४ गते

images
images
images

एक वर्षमा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रियो

एक वर्षमा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रियो

images
images
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख गरेको छ ।

    images
    images

    राष्ट्र बैंकले अघिल्लो आव २०७९/८० को तुलनामा गत आवमा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको जनाएको हो । नेपाल राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

    राष्ट्र बैंकका अनुसार गत आवमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएका छन् ।  गत आवमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको राष्ट्र बैंकले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend