images

२०८३ आश्विन १६ गते

images
images
images

नेपालगन्ज उपमहानगरपालिकाद्वारा ८० प्रतिशत बजेट खर्च

नेपालगन्ज उपमहानगरपालिकाद्वारा ८० प्रतिशत बजेट खर्च

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ८० दश्मलव ७९ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा विनियोजित बजेटको ८० दश्मलव ७९ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरेको हो ।नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले उपमहानगरको बार्षिक बजेट एक अर्ब ७६ करोड ७९ लाख २६ हजार तीन सय ४३ रुपियाँ रहेकोमा एक अर्ब ४२ करोड ८३ लाख २० हजार पाँच सय १७ रुपियाँ खर्च गरी ८० दश्मलव ७९ प्रतिशत खर्च भएको बताउनुभयो । उहाँले ३३ करोड ९६ लाख पाँच हजार ८२६ रुपियाँ मौज्दात रहेको पनि जानकारी गराउनुभयो ।  

    images
    images

    उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शर्माद्वारा हस्ताक्षरित विरणमा दिइएको जानकारी अनुसार चालु तर्फ एक अर्ब १८ करोड १२ लाख आठ हजार सात सय ७६ रुपियाँ बजेट विनियोजन गरिएकोमा एक अर्ब तीन करोड एक लाख ६४ हजार ७७ रुपियाँ गरी ८७ दश्मलव २९ प्रतिशत बजेट खर्च भएको छ ।यस्तै, पुँजीगत तर्फ ५४ करोड ७७ लाख ९७ हजार पाँच सय ६७ रुपियाँ बजेट विनियोजन गरिएकोमा ३५ करोड ९३ लाख ३५ हजार एक सय ८२ रुपियाँ गरी ६५ दश्मलव ५९ प्रतिशत बजेट खर्च भएको उपमहानगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।  

    नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटको खर्च गर्ने कार्य सम्पन्न भइसकेकाले खर्च विवरण सार्वजनिक गरिएको उपमहानगरपालिकाले जनाएको छ ।नेपालगन्ज उपमहानगरका नगरप्रमुख प्रशान्त बिष्टले उपमहानगरको प्रस्तावित वार्षिक आय एक अर्ब ७६ करोड ७९ लाख २६ हजार तीन सय ४३ रुपियाँ हुने आशा गरिएकोमा एक अर्ब ७२ करोड ६० लाख २० हजार छ सय ४३ रुपियाँ वास्तविक आय भएको बताउनुभयो ।उहाँले आर्थिक वर्षमा एक करोड रुपियाँको जनसहभागिता हुने अनुमान गरिएकोमा कुल २५ लाख ६६ हजार सात सय पाँच रुपियाँ अर्थात् २५ दश्मलव ६७ प्रतिशत मात्र जनसहभागिता भएको बताउनुभयो । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले ल्याएको नीति कार्यक्रम अनुसार लक्ष्य प्राप्त हुने गरी काम सम्पन्न भएको नगरप्रमुख विष्टले बताउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend