images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • सिक्री लुटेर फरार दुई जना युवक...

सिक्री लुटेर फरार दुई जना युवक पक्राउ

सिक्री लुटेर फरार दुई जना युवक पक्राउ

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौँः पोखरामा बसमा सवार एक जना महिलाको सुनको सिक्री लुटेर फरार दुई जना युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। गत चैतमा भएको उक्त घटनाको ३ महिनापछि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँको सहयोगमा दुई युवकलाई पक्राउ गरिएको हो।

    images
    images

    पक्राउ पर्नेमा काभ्रेको बेथानथोक ६ घर भई हाल काठमाडौँको गोकर्णेश्वर ४ बस्ने २८ वर्षीय अञ्जन तामाङ र सोही ठाउँका ३२ वर्षीय सुरेश तामाङ रहेका छन।

    गएको २९ चैतमा पोखराको अमरसिंह चोक देखि लेखनाथ तर्फ जाँदै गरेको बसमा एकजना महिलाले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा–१०, शिवचोक पुग्दा बसमै सवार दुई युवकले लुटपाट गरी फरार भएका थिए।

    images
    images

    सो लुटपाटपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भएको थियो। प्रहरीले काठमाडौँ प्रहरीको सहयोगमा २५ असारमा गोकर्णेश्वर ४ बाट पक्राउ गर्न सफल भएको थियो।

    उनीहरूलाई पोखरा ल्याई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविना सदीप जिसीले जनाएका छन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend