गतहप्ता कैयन् एन्ड्रोइड प्रयोगकर्तालाई गुगलले एउटा इमेल पठायो । जसमा जुलाई ७ देखि उसको एआई एप जेमिनीले फोनमा रहेका विभिन्न एपहरुसँग नयाँ तरिकाले अन्तर्क्रिया गर्ने जानकारी गराइएको थियो ।इमेलमा भनिएको थियो : जेमिनीले छिट्टै तपाईंको फोन, मेसेज, ह्वाट्सएप तथा युटिलिटिजको प्रयोग गर्नमा मद्दत गर्नेछ ।फोनमा Gemini Apps Activities बन्द राखेता पनि जेमिनी एपले अन्य एपहरुसँगको अन्तर्क्रिया गर्नसक्ने गुगलको भनाइ छ।
गुगलको वेबसाइटमा उल्लेख भए कअनसार जेमिनी एपले प्रयोगकर्तालाई सिधै गुगल एआईसँग जोड्दछ र प्रयोगकर्ताका च्याटलाई ७२ घण्टासम्म प्रयोगकर्ताको अकाउन्टमा सुरक्षित राख्दछ। यसमा जेमिनी एपको क्रियाकलाप सक्रिय वा बन्द भए/नभएको कुराले कुनै फरक पार्नेछैन । यसको अर्थ प्रयोगकर्ताको चाहना नहुँदा पनि गुगलले ह्वाट्सएप च्याटको सामग्री जस्ता विभिन्न निजी डेटाहरु अस्थायी रुपमा संग्रहित गर्नेछ।
चिन्ताको विषय
यस अपडेटले जेमिनीलाई थप उपयोगी बनाउनेछ । किनकि अब यसले अब प्रयोगकर्ताका ह्वाट्सएप मेसेज पढ्न सक्दछ र जवाफ पनि आफैं दिन सक्नेछ। तर आफ्नो गोपनियताका लागि गम्भीर हुने प्रयोगकर्ताका लागि यो अनिच्छित हस्तक्षेप जस्तै हुनेछ।
Gemini Apps Actvity कसरी बन्द गर्ने ?
यदि तपाईंलाई जेमिनाईले फोनमा रहेका कुनै पनि एपसँग अन्तरक्रिया नगरोस् भन्ने चाहनुहुन्छ भने यसो गर्नुहोस् –
- आफ्नो एन्ड्रोइड फोनमा जेमिनी एप खोल्नुहोस्
- दायाँ माथिपट्टि रहेको प्रोफाइल तस्वीरमा ट्याप गर्नुहोस्
- Gemini Apps Activity अप्सनमा क्लिक गर्नुहोस्
- त्यसपछि खुल्ने पेजमा तपाइँले एउटा टोगल बटन देख्नुहुनेछ। जसबाट तपाईंले उक्त फिचर सजिलैसँग बन्द गर्न सक्नुहुनेछ।
तर यो फिचर बन्द गरिसकेपछि पनि गुगलले तपाईंका डेटाहरु ७२ घण्टासम्म संग्रहित गर्दछ ताकि जेमिनी एपको सुरक्षा र स्थीरता सुनिश्चित होस् ।त्यसैले यदि तपाईंले गुगल जेमिनी एफले तपाईंका कुनै पनि अनलाइन क्रियाकलापहरुलाई ट्रयाक नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले फोनमा Settings मा गएर जेमिनाई एपलाई डिसेबल वा अनइन्स्टल गर्न सक्नुहुन्छ।




.gif)





