images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • तीनकुने घटनामा संलग्न १ जना पुर्पक्षका...

तीनकुने घटनामा संलग्न १ जना पुर्पक्षका लागि थुनामा २ जना धरौटीमा रिहा

तीनकुने घटनामा संलग्न १ जना पुर्पक्षका लागि थुनामा २ जना धरौटीमा रिहा

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौंः गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा फरार रहेका तीन जना प्रतिवादी बुधबार अदालतमा उपस्थित भएका छन्।

    images
    images

    काठमाडौं जिल्ला अदालतले तीमध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

    जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले लामो समयदेखि फरार रहेका अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। आदेशलगत्तै उनलाई डिल्लीबजार कारागार पठाइएको छ।

    images
    images

    बुधबार नै अदालतमा हाजिर भएका अन्य दुई अभियुक्तहरू विनञ्जय थापा र राजेन्द्र जिसीलाई भने जनही १५।१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ।

    उनीहरू विरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो।

    गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग राख्दै दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको आन्दोलन हिंसात्मक बन्दा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।

    उक्त झडपमा परी पत्रकार सुरेश रजकको आगलागीमा र प्रदर्शनकारी सबिन महर्जनको गोली लागेर मृत्यु भएको थियो।

    उक्त घटनामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शम्शेर राणा सहित ६५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

    जस मध्ये मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाईं सहित ७ जनालाई अदालतले यस अघि नै पुर्पक्षका लागि थुनामा पठाइ सकेको छ। मिश्र र राणा भने अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend