images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवा बाढी अपडेट : भेटिएका...

रसुवा बाढी अपडेट : भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै, १९ जना सम्पर्क विहीन

रसुवा बाढी अपडेट : भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै, १९ जना सम्पर्क विहीन

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग काठमाडौँ ल्याउन लागिएको छ ।शव पोस्टमार्टमका गर्न त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको बागमती प्रदेशका डीआईजी अरुण पौडेलले बताए । उनले भने, ‘शव र मानव अङ्गहरू फरक ठाउँमा भेटिएका छन्, सबैलाई त्रिवि शिक्षण अस्पताल पठाउँदै छौँ ।’ 

    images
    images

    प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–चीन सीमाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर  ९ जनाको मृत्यु भएको छ । तीमध्ये एकजनाको मात्रै सनाखत भएको छ । उद्धारमा खटिएका प्रहरीका असई लाल बहादुर श्रेष्ठको मात्रै सनाखत भएको छ । उनको शव चितवनको भरतपुर नगरपालिका–२९ स्थित १५ किलोमा भेटिएको थियो । अन्यको सनाखत हुन नसकेको र केहीको हात र खुट्टाको भागमात्रै भेटिएको डीआईजी पौडेलले बताए । 

    खोज तथा उद्धारका लागी डीआईजी पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवाको स्याफ्रुमा छन् । बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend