images

२०८३ आश्विन २४ गते

images
images
images

पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग ,चार सय भन्दा धेरैले पाए रोजगारीको अवसर

पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग ,चार सय भन्दा धेरैले पाए रोजगारीको अवसर

images
images
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौं।  पाल्पामा आर्थिक वर्ष २०८०र८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् । 

    images
    images

    दर्ता भएका उद्योगमध्ये ‘प्राइभेट फार्म’ ९३ र साझेदारी फार्म चारवटा छन् । गतवर्ष ४३ महिला र ६० पुरुष गरी एक सय तीन जना उद्यमी थपिएका छन् । एक सय ८० महिला र दुई सय २७ पुरुष गरी चार सय सात जनालाई रोजगारी सिर्जना भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । 

    एक वर्षमा कार्यालयमा दर्ता भएका उद्योगमा रु २१ करोड ९८ लाख बराबरको पुँजी लगानी र सो उद्योगबाट रु १५ लाख ६४ हजार पाँच सय बराबरको कुल राजश्व प्राप्त भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा चार सय ८३ उद्योगको नविकरण, एक सय ७७ उद्योगको लगत कट्टा, ८९ उद्योग पुँजी वृद्धि, ३३ उद्योगले प्रतिलिपि लिएको, तीनवटा उद्देश्य थप तथा परिवर्तन, नौ वटा नामसारी तथा ठाउँसारी गरिएको छ । 

    images
    images

    कार्यालय स्थापनादेखि हालसम्म जिल्लामा तीन हजार आठ सय १७ उद्योग दर्ता भएका थिए । जसमध्ये उत्पादनमूलक छ सय पाँच, कृषि तथा पशुपालनसम्बन्धी एक हजार तीन सय ६८, पर्यटनसम्बन्धी एक हजार ३३ छन् । 

    सोही आवमा वाणिज्य फार्म ९१ वटा दर्ता भएका छन् । जसमध्ये किराना र खाद्यान्नसम्बन्धी २७, हार्डवयर आठ, फेन्सी तथा कपडा १४, कस्मेटिक तथा जुत्ता १०, मदिरा तथा सुर्तिजन्य चार, भाँडाकुँडा तथा एलपि ग्याँससम्बन्धी दुई, कृषिसम्बन्धी दुई, सुनचाँदी चार, फर्निचर र फर्निसिङ्ग दुई, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स छ र अन्य १२ रहेका छन् । दर्ता भएका यी वाणिज्य फार्ममा रु १८ करोड १२ लाख बराबरको कुल पुँजी लगानी रहेको छ भने रु २१ लाख ३६ हजार सात सय कुल राजश्व प्राप्त भएको छ । 

    गत आर्थिक वर्षमा छ सय ८९ वटा वाणिज्य फार्म नविकरण, एक सय ८६ लगतकट्टा, एक सय ५० पुँजी वृद्धि, ५१ वटा प्रतिलिपि, उद्देश्य थप र परिवर्तन २६, नामसारी र ठाउँसारी १० वटा रहेका छन् । गत आर्थिक वर्ष सम्ममा दर्ता भइ सञ्चालनमा रहेका फार्मको सङ्ख्या चार हजार तीन सय ३३ रहेका छन् । उद्योगतर्फ तीन हजार आठ सय १७ गरी कुल आठ हजार एक सय ५० फार्म रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७९र८० मा एक सय ४३ उद्योग खारेज भएका थिए । उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएका हुन् । आव २०७८र०७९ मा एक सय ८८ उद्योग र दुई सय ३९ फार्म खारेजी भएका थिए ।

    घरेलु कार्यालयसँग लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार छ । रु दश करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । दश करोड माथिका पुँजी भएमा उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend