images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवा बाढी अपडेट : हालसम्म ५५...

रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता

रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • रसुवामा मंगलबार बिहानै आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ५१ जना पुरुष र ४ जना महिलाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।

    images
    images

    प्रहरी अनुसार बाढीमा परेर १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको छ । आज बिहान सबेरैको बाढीले रसुवामा ठूलो क्षति गरे पनि यकिन विवरण अझै संकलन हुन सकेको छैन । तिब्बतबाट बग्दै आएको बाढीले नेपाल-चीन नाका जोड्ने मितेरी पुल बगाएको छ । 

    नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा समेत पसेको छ । बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतको टोली घटनास्थल प्रस्थान गर्दैछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend