images

२०८३ आश्विन २५ गते

images
images
images

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकद्वारा ११ महिनामा २१३ खर्ब ४३ अर्ब प्रशोचन

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकद्वारा ११ महिनामा २१३ खर्ब ४३ अर्ब प्रशोचन

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिना (जेठ मसान्तसम्म) मा कुल २१३ खर्ब ४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसक्दा राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत २७ खर्ब ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत १८५ खर्ब ५८ अर्ब ७० करोड खिचेको हो । निक्षेप संकलन बोलकबोल तथा स्थायी निक्षेप सुविधामार्फत गरी कुल २१३ खर्ब ४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद १९० खर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो। यस अवधिमा २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ।समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ५ अर्ब १ करोड खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ३३ करोड खुद खरिद गरी ७ खर्ब ८ अर्ब ८७ करोड तरलता प्रवाह गरेको थियो।

    समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ४६ करोड बिक्री गरी ४ खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ६४ करोड बिक्री गरी ४ खर्ब ८४ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।यस अवधिमा वाणिज्य बैंकहरूको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend