images

२०८३ आश्विन २४ गते

images
images
images

आजदेखि सस्तियो पेट्रोल र डिजेल, अब प्रतिलिटर कति पर्ला ?

आजदेखि सस्तियो पेट्रोल र डिजेल, अब प्रतिलिटर कति पर्ला ?

images
images
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ। निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको हो।

    images
    images

    निगम सञ्चालक समितिको आज साँझ बसेको बैठकले इन्धनको भाउ घटाउने निर्णय गरेको हो। निगमले प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ घटाउने निर्णय गरेको छ। यो समायोजित मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ।

    मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४ र डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ।

    images
    images

    चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२ र डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend