images

२०८३ आश्विन २० गते

images
images
images

प्रतिनिधिसभा बैठक सुरू

प्रतिनिधिसभा बैठक सुरू

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा संसदलाई जानकारी गराउने कार्यसूची छ।

    images
    images

    असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस,पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो, इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली, स्तोनियाका राष्ट्रपति अलार कारिससँ शिष्टाचार भेट गरेका थिए। उनले स्पेनका विभिन्न क्षेत्रको भ्रमण तथा अवलोकनसमेत गरेका थिए।

    बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ ।यसैगरी ‘विनियोजन विधेयक,२०८२’,‘आर्थिक विधेयक, २०८२’र ‘राष्ट्र ऋण उठाउने विधेयक,२०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्नुहुने कार्यसूची छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नु हुनेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend