images

२०८३ आश्विन २५ गते

images
images
images

नबिल बैंकले ल्यायो विविध बैंकिङ सेवा, हरित अर्थतन्त्र प्रवर्द्धनमा योगदान

नबिल बैंकले ल्यायो विविध बैंकिङ सेवा, हरित अर्थतन्त्र प्रवर्द्धनमा योगदान

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं। नबिल बैंकले वातावरणीय संरक्षण र स्थायित्वलाई केन्द्रमा राखी विभिन्न नयाँ बैंकिङ सेवा तथा उत्पादन सार्वजनिक गरेको छ । बैंकका अनुसार यी सेवा तथा योजनाहरूले कार्बन उत्सर्जन नियन्त्रण, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा हरित वित्त प्रणालीमा उल्लेखनीय योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।बैंकले ल्याएको ‘नाबिल डिजिओ बचत खाता’ मा न्यूनतम शेषराशि १० हजार रुपैयाँ राख्नुपर्नेछ । यस खाता नेपाली नागरिक, विदेशमा बसोबास गर्ने नेपाली (एनआरएन) र गैर–नाफामूलक संस्थाहरूले खोल्न सक्ने बैंकले जनाएको छ । 

    images
    images

    अर्धवार्षिक न्यूनतम औसत ५० हजार रुपैयाँ पुगेका खातावालाको नाममा रूख रोप्ने व्यवस्था गरिने बैंकले जनाएको छ । साथै जम्मा रकमको एक निश्चित प्रतिशत वातावरणीय संरक्षणका लागि स्थायी पहलहरूमा खर्च गरिने बैंकको दाबि छ ।खाताका ग्राहकलाई पहिलो वर्ष भिसा डेबिट तथा क्रेडिट कार्ड सदस्यता शुल्क, मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क तथा लकर सुविधामा २५ प्रतिशत सम्मको छुट दिइने बैंकले जनाएको छ ।बैंकले स्थायित्वका मापदण्ड समेटिएको ‘नाबिल स्थायी आवास ऋण’ पनि ल्याएको छ । बेस रेट प्लस १ प्रतिशत देखि २.७५ प्रतिशत सम्मको ब्याज दरमा उपलब्ध उक्त योजना अन्तरगत हुने छ । 

    उक्त योजनाको ऋणको अवधि २० वर्षसम्म हुने बैंकले जनाएको छ । ऋणको न्यूनतम उमेर १८ वर्ष र अधिकतम ७० वर्ष तोकिएको छ । वर्षा जल संचय, सौर्य ऊर्जा, अपशिष्ट व्यवस्थापन, हरियाली बगैंचा लगायतका कम्तीमा तीन मापदण्ड पूरा गरेको स्वघोषणा गर्नुपर्ने बैंकले जनाएको छ । ऋणको भुक्तानी इएमआई प्रणालीबाट गर्न सकिनेछ भने निर्माण अवधिका लागि १२ महिनासम्म मोरेटोरियम सुविधा पनि उपलब्ध गराउने बैंकले जनाएको छ । पहिलो वर्ष ग्राहकलाई २ लाख रुपैयाँ सम्मको निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

    images
    images

    इलेक्ट्रिक सवारीप्रति प्रोत्साहन दिने उद्देश्यले बैंकले अटो लोनमा विशेष योजना समेत बैंकले ल्याएको छ । पेट्रोल वा डिजेल सवारीका लागि बेस रेटमा प्लस २ प्रतिशत देखि ४ प्रतिशत सम्मको कर्जा र इलेक्ट्रिक सवारीका लागि १ प्रतिशत देखि ३ प्रतिशत सम्म ब्याज दर तोकिएको बैंकले जानकारी दिएको छ डाक्टर, इन्जिनियर, वकिल, बैंककर्मी, आईटी पेशेवर र चार्टर्ड एकाउन्टेन्टहरूका लागि लक्षित गर्दै ‘नाबिल प्रोफेसनल इ–अटो लोन’ समे बैंकले सार्वजनिक गरिएको छ । यो योजना अन्तर्गत ८ वर्षसम्मको अवधि, ८.२५ प्रतिशत निश्चित ब्याजदर र ६० प्रतिशत सम्मको वित्तीय सुविधा उपलब्ध हुने बैंकले बताएको छ ।कृषि क्षेत्रमा लगानी बढाउन बैंकले ‘कमर्सियल एग्रो एण्ड लाइभस्टक लोन’ योजना ल्याएको छ । यसअन्तर्गत १० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ऋण, बेस रेट प्लस २ प्रतिशत ब्याजदरमा दिने बैंकले जनाएको छ । 

    उक्त कर्जाको भुक्तानी क्यासफ्लोअनुसार मासिक, त्रैमासिक वा अर्धवार्षिक रूपमा गर्न सकिने बैंकको भनाई छ । ‘कमर्सियल एग्रीकल्चर लोन’ साना किसान तथा कृषि उद्यमीहरूका लागि लक्षित गरिएको छ । जसमा १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध हुनेछ । ‘एग्री बिजनेस लोन’ अन्तर्गत ८ वर्षसम्मको अवधिमा २० लाख रुपैयाँसम्म ऋण दिने बैंकको भनाई छ । महिला उद्यमशिता प्रवर्द्धनका लागि बैंकले ‘नाबिल नारी ऋण’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ५ करोड रुपैयाँसम्म ऋण सुविधा र २० हजार रुपैयाँसम्म निःशुल्क क्रेडिट कार्ड सेवा दिइने बैंकले जनाएको छ । महिला उद्यमी ऋण अन्तर्गत महिलाको ५० प्रतिशत स्वामित्व भएको व्यवसायका लागि २० लाख रुपैयाँसम्म ‘महिला सञ्चालित माइक्रोएन्टरप्राइज ऋण’ अन्तर्गत ब्याज अनुदानसहित १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने बैंकले जनाएको छ । 

    साना व्यवसाय उत्थानका लागि ‘नबिल सक्षम ऋण’ अन्तर्गत १ करोडसम्मको ऋण १०–१२ वर्षसम्मको अवधि सहित उपलब्ध गराउने बैंकले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्किएका दक्ष श्रमिकहरूका लागि ‘नबिल स्किल्ड माइग्रेन्ट उद्यमी ऋण’ अन्तर्गत १.५ करोडसम्मको सुविधा रहेको छ भने माइक्रो उद्यमहरूका लागि १५ लाखसम्म ऋण दिने बैंकले जनाएको छ । सौर्य ऊर्जा, पर्यटन तथा हस्तकलाका क्षेत्रमा पनि बैंकले स्थायी ऋण उत्पादन उपलब्ध गराउने जनाएको छ । यी क्षेत्रमार्फत नवीकरणीय ऊर्जाको प्रवर्द्धन, वातावरणमैत्री पर्यटनको विकास तथा स्थानीय हस्तकला संरक्षणलाई बैंकले प्रोत्साहन दिने बैंकको भनाई छ ।

    बैंकले ल्याएका यी सम्पूर्ण स्थायित्व केन्द्रित उत्पादनहरूले वातावरण संरक्षणसँगै आर्थिक समावेशिता र दिगो विकासमा सहयोग पुग्ने विश्वास लिएको बैंकले बताएको छ । बैंकको यी प्रयासहरू नेपाली हरित अर्थतन्त्रको प्रवर्द्धनमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको बैंकको भनाई छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend