images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आठ सहरबाट ‘जनै हराएको मान्छे’को पोस्टर...

आठ सहरबाट ‘जनै हराएको मान्छे’को पोस्टर सार्वजनिक

आठ सहरबाट ‘जनै हराएको मान्छे’को पोस्टर सार्वजनिक

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट आइतबार दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो ।निर्माण टिमले तीनवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् ।

    images
    images

    अर्को पोस्टरमा केकी अधिकारी छिन् । तेस्रो पोस्टरमा विजयले चलाएको रिक्सामा मिरुना बसेकी छन् । पोस्टरले सिनेको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।एउटा पोस्टरमा छेउछेउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । 

    मिरुना मंगोलियन फेसमा छिन् । विजय र केकी आर्य । त्यसैले विजय आफ्नो जातीय परम्परालाई अंगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरले प्रष्ट पारेको छ ।अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन् । उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ । त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दियौँ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ । 

    images
    images

    अर्को पोस्टरमा विजयले चलाएको रिक्सामा मिरुना छिन् । 

    भदौ ६ गते रिलिज हुने ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

    पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend